खैरहनीमा जितिया बिशेष कार्यक्रम सम्पन्न

तराईको आदिवासी जनजाती भुमिपुत्र थारु समुदायको विशेष महिलाहरुले मनाउने महानपर्व जितीया रौनक सुरू भएको छ । थारु समुदायको परम्परागत पहिरनमा सजिएर महिलाहरु सामूहिक रुपमा झाम्टा नाच्दै जितीयाको दर खाएर मनाईरहेकाछन् ।

थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पूर्वी चितवनको खैरहनी नगरपालिका ९ मा रहेको बैरहनी युवा क्लवले जितीया विशेष झमटा कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी थारु समुदायका महिलाहरुले शुभकामना आदान प्रदानसमेत गरेका छन् । बैरहनी युवा क्लवको आयोजना तथा स्कुल टोल बिकास समिती बैरहनी, ब्रम्हस्थानी टोल बिकास समिती , थारु कलाकार सभा, थारु पत्रकार संघ र थारु कल्याण कारिणी सभा को सह-आयोजनामा कार्यक्रम भएको हो ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । तीन दिन मनाइने जितियाको पहिलो दिन नदीमा जाने र माछा मारेर ल्याउने गरिन्छ । दोस्रो दिन स्नान गर्ने र जितवाहनको पूजा गर्ने तथा तेस्रो दिन समापन गर्ने गरिन्छ । जितिया अन्तर्गत आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलर्पण गरेर पर्वको सङ्कल्प गर्छन् । घिरौंँलाको पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहनलाई अर्पण गरी पर्व सुरु भएको हो ।

आश्विन कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म धुमधामका साथ थारु महिलाहरूले जितिया पर्व मनाउने गर्दछन् । थारुहरूको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितियाको रौनक छाएको छ । यसवर्ष असोज २ गते जितिया पर्व मनाइँदै छ ।

विशेषगरी विवाहित थारू चेलीबेटीले निराहार व्रत बसेर सूर्यलाई जितवाहन बाबाको नामले पूजा अर्चना गर्ने प्रचलन छ । विवाह गरेर गएका चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ ।

विवाहित र अविवाहित दुवैले यो पर्वमा व्रत लिने चलन छ । विवाहितले श्रीमान् र आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निरहार व्रत बस्छन् भने अविवाहित चेलीहरूले जितवाहन जस्तै सुयोग्य पति प्राप्तिका लागि निराहार बस्ने चलन छ ।

चौबिसघन्टे लामो व्रतपछि मात्र चेलीहरूले पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने जनविश्वास छ।

कार्यक्रमका प्रमुख अतिथि एवम थारु कल्याणकारी सभाका पुर्व केन्द्रिय सदस्य एवम समाजसेवी चन्द्रकुमारी चौधरीले जितिया पर्वको महत्त्वको बारेमा जानकारी गराउदै थारु पहिचान झल्कने पुराना इनार लगायत सस्कृती जगेर्ना गरुपर्नेमा जोड दिनोभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथी एवम खैरहनी ९ का वडा अध्यक्ष बन्धुराम चौधरीले यो बर्ष जितियामा आफुले कुनै बजेट छुट्याउन नसकेको भन्दै आगामी बर्षमा वडा बाटै जितिया पर्व मनाउन कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष एवम कार्यक्रमका सभापति बिक्रम पन्जियार महत्तोले एक सिङ्गे गैडा र थारु संस्कृति बिश्वमा परिचित भएपनी गैडाको सरक्षण गर्दा थारु संस्कृति को संरक्षण गर्न सरकार उदासिन रहेको बताउनु भएको छ।


खैरहनीका समाजसेवी राममणी न्यौपाने, राजेन्द्रप्रसाद बुर्लाकोटी वडा नम्बर ९ का वडा सदस्य नवीन चौधरी र पुर्व खेलाडी जिवनलामा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा थारु कलाकारहरु बिका महत्तो, सारदा चौधरी, प्रकाश चौधरी, रोहित सिंह चौधरी, सुजन गुरुङ, रुबिना चौधरी , धिरज चौधरी,बिश्व चौधरी, फिलिप चौधरी लगायतले आफ्नो प्रस्तुती राख्नुभएको थियो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.