बछौली नारी चेतना बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

रत्ननगर । बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारण सभा शुक्रवार गरिएको छ ।

वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष बविता चौधरीले बार्षिक प्रतिवेदन,सचिव माला दाहालले प्रगति प्रतिवेदन,कोषाध्यक्ष देवकी कुमारी अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक शान्ता अधिकारी पराजुलीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने २० जना विद्यार्थी,उत्कृष्ट बाल बचतकर्ता ५ जना,शेयर बृद्धि गर्ने ६ जना, ज्येष्ठ शेयर सदस्य र जनजाती शेयर सदस्य एक एक जना, बृद्ध शेयर सदस्य ३ जना, एकल सदस्य ३ जना, असल बचत र असल ऋणि १० जना, समिति र कर्मचारी शेयर सदस्य ५ जना, शेयर सदस्य बृद्धि गर्ने ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाकी व्यवस्थापक शारदा विडारीले जानकारी दिइन ।

साधारण सभाको अबसरमा तीन जनालाई छात्रनाबृत्ती समेत प्रदान गरिएको छ । संस्थाकी कार्यबहाक अध्यक्ष भागीरथी कुमारी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघकी चितवन फिल्ड संयोजक विद्या कोइराला, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक सञ्चालक सदस्य प्रमिला ढकाल, वडा नं ५ की वडासदस्य निलु खतिवडा,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे,सानाकिसान कृषि सहकारी संघकी उपाध्यक्ष जरिमाया तामाङ,सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, मृगकुञ्ज बचतका सचिव रोजनाथ पाठक लगायतले मन्तव्य राखेका थिए ।

२०५५ सालमा स्थापना भएको सो सहकारीको हाल ३ हजार २७६ शेयर सदस्य रहेका छन् । ३ करोड ३२ लाख८०० शेयर पूँजि रहेको सो सहकारीको ऋणि लगानी २३ करोड ८८ लाख ६ हजार ३९५ र २१ करोड ८८ लाख ८ हजार ९१४ बचत तथा ३१ करोड २८ लाख ७७ हजार ५४२ कुल करोबार रहेको रहेको संस्थाकी व्यवस्थापक विडारीले जानकारी दिइन । कार्यक्रममा सञ्चालक समिति सदस्य सोममाया तामाङले स्वागत मन्तव्य राखेकी थिइन ।

संस्थाकी अध्यक्ष बविता चौधरीले राजीनामा दिएपछि साधारण सभाले अध्यक्ष सहित केही पदहरुमा जिम्मेवारी हेरफेर गरेको छ । संस्थाको अध्यक्षमा भागीरथी कुमारी घिमिरे, उपाध्यक्षमा सोममाया तामाङ, सञ्चालक सदस्यमा सरस्वती चालिसे र प्रमिला ढकाल तथा लेखा सदस्यमा बुधनी चौधरी चयन भएका छन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.