भाद्र २३ चितवन
जननायक वी.पी. कोईरालाको १०९ औं जन्म जयन्तीको अवसर पारेर भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको इकाइ समितिले रक्तदान कार्यक्रम गरेको छ । काँग्रेसको केन्द्रीय कार्यक्रम अन्र्तगतको ‘जनताको साथमा कांग्रेस ’ अभियानको सन्दर्भ पारेर नेविसंघले खुल्ला रक्तदान कार्यक्रम गरेको हो । २१ म्हिला सहित एक सय एक जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले रचनात्मक काम गरेर समाज परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । रगत अभाव भएका बेला युवाहरुले यसमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए । ईकाई सभापति कुमार जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाली काग्रेस चितवनका सभापति राजेश्वर खनाल , निवर्तमान सभापति जीतनारायण श्रेष्ठ , जिल्ला प्रवक्ता अनमोल अधिकारी , क्याम्पस प्रमुख दयाराम पौडेल , विद्यार्थी नेता आयुष पौडेलले विपीको विचार र वर्तमान समाजको वारेमा आफ्नो विचार राखेका थिए । कार्यक्रममा काग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने , सचिव ध्रुव पोखरेल , महाससमिति सदस्य प्रकाश अधिकारी ,महासमिति सदस्य टंकनाथ पौडेल महाधिवेशन प्रतिनिधि निलकण्ठ रिजाल नेतृ सावित्री बोगटी , सहसचिव गोपाल दराई , जिल्ला सदस्य जगन्नाथ न्यौपाने र कलावती भट्टराई , भरतपुर १० का वडा सभापति गणेश गुरुङ पूर्व महाधिवेशन प्रतिनिधि हरि पौडेल , वडाध्यक्ष परमेश्वर खनाल लगाएतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर