विपीलाई सम्झिदै विरेन्द्र क्याम्पसमा रक्तदान

भाद्र २३ चितवन
जननायक वी.पी. कोईरालाको १०९ औं जन्म जयन्तीको अवसर पारेर भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको इकाइ समितिले रक्तदान कार्यक्रम गरेको छ । काँग्रेसको केन्द्रीय कार्यक्रम अन्र्तगतको ‘जनताको साथमा कांग्रेस ’ अभियानको सन्दर्भ पारेर नेविसंघले खुल्ला रक्तदान कार्यक्रम गरेको हो । २१ म्हिला सहित एक सय एक जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले रचनात्मक काम गरेर समाज परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । रगत अभाव भएका बेला युवाहरुले यसमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए । ईकाई सभापति कुमार जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाली काग्रेस चितवनका सभापति राजेश्वर खनाल , निवर्तमान सभापति जीतनारायण श्रेष्ठ , जिल्ला प्रवक्ता अनमोल अधिकारी , क्याम्पस प्रमुख दयाराम पौडेल , विद्यार्थी नेता आयुष पौडेलले विपीको विचार र वर्तमान समाजको वारेमा आफ्नो विचार राखेका थिए । कार्यक्रममा काग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने , सचिव ध्रुव पोखरेल , महाससमिति सदस्य प्रकाश अधिकारी ,महासमिति सदस्य टंकनाथ पौडेल महाधिवेशन प्रतिनिधि निलकण्ठ रिजाल नेतृ सावित्री बोगटी , सहसचिव गोपाल दराई , जिल्ला सदस्य जगन्नाथ न्यौपाने र कलावती भट्टराई , भरतपुर १० का वडा सभापति गणेश गुरुङ पूर्व महाधिवेशन प्रतिनिधि हरि पौडेल , वडाध्यक्ष परमेश्वर खनाल लगाएतको उपस्थिती थियो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.