१ करोड लागतमा पिठुवामा सुबिधा समपन्न सभाहल बन्दै

चितवन । रत्ननगर १६ पिठुवामा सुविधा समपन्न सभाहल निर्माण हुने भएको छ । बुधबार रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र उप मेयर यादव प्रसाद पाठकले उक्त भवनको शिलान्यास गर्नु भयो । न्यू पिठुवा स्पोर्ट्स क्लबसंग सहकार्य गरी सभाहल निर्माण प्रक्रिया सुरु गरिएको होे ।

साविक पिठुवा गाविस अतार्थ वडा नं १४, १५ र १६ मा एउटा राम्रो सभाहल बनाउन माग भए बमोजिम सभाहल निर्माण गर्न थालिएको मेयर सापकोटाले जानकारी दिए । उक्त हल निर्माणसँगै खेलकुद तथा सभा सम्मेलन गर्न अन्यत्र जानु नपर्ने हुन्छ । कार्यक्रममा उपमेयर यादबप्रसाद पाठकले पिठुवा क्षेत्रमा सभाहलको आवश्यकता महसुुस गरी निर्माण गर्न लागिएको बताए । नगरपालिको १० लाख र संघ र प्रदेश सरकारमा गरी एक करोडको लागतमा बहुउद्देश्यीय सभाहल निर्माण गर्न लागिएको हो ।

नगरपालिकाको १० लाख रुपैयाबाट निर्माणकार्य सुरु गरिएको छ । क्लवका अध्यक्ष समुद्र खड्का अध्यक्षतमा भएको कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले सभाहल निर्माणपछि पिठुवा क्षेत्रमा गतिविधि बढ्ने बताए । कार्यक्रममा विज्ञ सल्लाहकार रामहरि न्यौपाने, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट,कार्यपालिका सदस्य देवेन्द्र भूजेल, भवन निर्माण समितिका संयोजक नेत्रप्रसाद घिमिरे, क्लवका उपाध्यक्ष संजिव थापा, क्लवका कोषाध्यक्ष सौगात भूजेल सहभागिता रहेको सो कार्यक्रम क्लवका सचिव प्रकासबाबु खनालले सञ्चालन गरेका थिए ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.