रत्ननगरमा निशुल्क आँखा सिविर सम्पन्न

रत्ननगर नगरपालिका वडा नं १० पर्सौनीमा सञ्चालित एकदिने आँखा शिविरबाट करिव दुई सय भन्दा बढी लाभान्वित भएका छन्। लियो क्लब अफ नारायणगढ चित्रवन र एम डि मोटर्सको संयुक्त आयोजनामा सञ्चालित शिविरमा मङ्गलबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो।

चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा रत्ननगरका आँखाका विभिन्न समस्याबाट ग्रसित बिरामीहरु र सवारी चालक र सहचालकले सेवा लिएका थिए।
अस्पतालको दुरी टाढा र विविध कारणले अस्पताल पुग्न नसकी आँखामा समस्या भएकाहरूले सेवा लिएका हुन।

कार्यक्रममा रत्ननगर १० का वडा अध्यक्ष कलाधर पौडेल,
निवर्तमान वडा अध्यक्ष केशव अाचार्य, जिल्ला ट्राफिक कार्यालयका कृष्ण ठकुरी , एम डि मोटर्सका प्रमुख दानस गौतम , लियो जिल्ला परिषद् ३२५ आर नेपालका जिल्ला उपाध्यक्ष लियो किरण लामिछाने‌ , एरिया ३ का
एरिया चिफ लियो विनय खड्का , रिजन ४ का आर सी लियो सन्तोष सुवेदी लगायतको सहभागीता रहेको लियो रोशन ओझाले जानकारी दिनुभयो। उक्त निशुल्क आँखा शिविर कार्यक्रम लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष लियो विमोचन आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.