सौराहा लेडी जेसिजको आयोजनामा भाषणकला तालीम सम्पन्न

सौराहा लेडी जेसिजको पाचौं बार्षिकोत्सवको अवसरमा प्रभावकारी भाषणकला तालीम सम्पन्न भएको छ।
सौराहा लेडि जेसिजकी संस्थापक अध्यक्ष जेसि सुजता बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल जेसिका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसि शिव प्रसाद भुसालले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रमको अतिथीहरुमा मातृशाखा सौराहा जेसिजका अध्यक्ष जेसि बिकास श्रेष्ठ जेसिजका पुर्व अध्यक्ष सगै रत्ननगर नगरपालिका वडा नम्बर ६ र ७ का वडा सदस्यहरु रहनुभएको थियो।
सौराहा लेडि जेसिजकी कार्यकारिणी उपाध्यक्ष बुधनी चौधरीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष जेसि लक्ष्मी विडारी, मातृशाखाका पुर्व अध्यक्ष जेसि सुर्य तमाङ्ग लगायतले सुभकामना प्रदान गर्नु भएको थियो।
महिलाहरुमा नेतृत्व क्षमता अभिवृद्धि गराउन र सामाजिक कार्यमा अग्रसर गराउन उक्त कार्यक्रमको आयोजना गरिएको सौराहा लेडिज जेसिजकी अध्यक्ष जेसि स्वप्ना पौडेलले बताउनुभएको छ।
४५ जना सहभागी रहेको उक्त तालिम सौराहा लेडिज जेसिजकी अध्यक्ष जेसि स्वप्ना पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.