पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति रोकिन पर्छ : उप मेयर पाठक

रत्ननगर नगरपालिकाका उप प्रमुख यादवप्रसाद पाठकले व्यवस्था परिवर्तन भए पनि विधि परिवर्तन हुन नसकेको बताएका छन्। नगरपालिकामा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले ऐन, कानुनको सन्दर्भमा हालै आएको भूउपयोग नीति २०७९ व्यावहारिक नभएको र यो कुनै हालतमा लागू हुन नसक्ने जिकिर गरे । उनले प्रधानमन्त्री कृषि परियोजना एकद्वार नीतिमार्फत ल्याउनुपर्नेमा जोड दिए । उनले पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति खारेज हुनुपर्ने बताए । पाठकले पहुचका आधारमा बजेट हाल्ने अनि योजना अलपत्र छाड्ने त्यसको अनुगमन गर्ने निकाय पनि नहुने हुदाँ जनताले सास्थि पाएको भन्दै स्थानीय सरकारले अनुगमन गर्न सक्ने कानुन बनाउन समेत आग्रह गरेका थिए ।

संघीयता कार्यान्वयनमा आइसकेपछि पनि एउटा सवारी लाइसेन्स बनाउन एक वर्ष कुर्नुपर्ने, राष्ट्रिय परिचयपत्र बनाउन महिनौँ कुर्नुपर्ने, राहदानी बनाउन महिनौँ पर्खिनुपर्ने कारण जनताले खोजिरहेको बताउँदै सेवाग्राहीका यस्ता कामको लागि प्रशासनीय सुधार गर्न जरूरी रहेको उनले बताए ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.