चितवन । पछिल्लो समय युकेमा गएर पढ्न चाहाने बिद्यार्थीको संख्या बढ्दै गएपछि बिद्यार्थीहरुलाई सहज ढंगबाट शैक्षिक परामर्श दिने उद्देश्य सहित राईटपाथ करियर काउन्सेलीङ चितवनले एड्भोएसँगको सहकार्यमा शनिबार बृहत सेमिनार गर्ने भएको छ ।
बिहान १० बजेदखि बेलुका ५ बजे सम्म भरतपुर गार्डेन रिसोर्टमा हुने सेमिनारलाई सम्बोधन गर्न क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हा आउने संस्थाका चितवन प्रमुख सुरज पौडेलले जानकारी दिए ।
पौडेलले शनिबार हुने सेमिनार युके र क्यानडा केन्द्रित हुने बताउदै कार्यक्रममा सहभागी हुने बिद्यार्थीको जिज्ञासा सो कार्यक्रमको आकर्षण रहेका क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हाले मेटाउने जानकारी दिए ।
राईटपाथ करियर काउन्सेलिङका केन्द्रिय अध्यक्ष तथा एडभोयका नेपाल प्रमुख फिलिप डिसीले हालका दिनमा युके र क्यानडा अध्ययनका लागि नेपाली विद्यार्थीहरूको रोजाइको प्रमुख गन्तब्य भएको बताउदै काठमाण्डौ, हेटौडा हुँदै चितवनमा शनिवार र त्यस लगत्तै बुटवल र दाङमा पनि सेमिनारको आयोजना गर्न लागिएको बताए ।
युके जाने बिद्यार्थीले राईटपाथलाई रोज्ने गरेकोमा आफुलाई खुसी लागेको बताउदै अध्यक्ष डिसीले सबैलाई केन्द्रसम्म आउन सम्भव नहुने भएकाले बिशेषज्ञ सहितनै आफुहरु जिल्लागत शाखामा सेमिनार लिएर आएको जिकिर गरे ।
अन्य देशमा शैक्षिक गन्तव्यकालागि प्रयास गरेर बिफल भएकालाई पनि आफुहरुले सफल बनाएको बताउदै अध्यक्ष डिसीले जाने नजाने बिद्यार्थीको निर्णय भएपनि कमसेमक त्यहाको बिश्वबिद्यालय र रहनसहनको बारेमा बुझेर जान भने बिद्यार्थीलाई आग्रह गरे ।
अध्यक्ष डिसीका अनुसार सो सेमिनारमा युके र क्यानडाका १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहनेछ भने विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरू बाट परामर्श सहित शीघ्र अफर लेटरको सुविधा पाउनुका साथै एड्भोयको बृहत् कोर्सहरूको सूचिबाट आफूलाई उपयुक्त हुने कोर्स छनोट गर्ने अवसर पनि पाउनेछन् ।
स्मरण रहोस राईटपाथ करियर काउन्सेलीङ बिद्यार्थी भिसामा युके पठाउने नेपालकै अग्रीणी संस्थाको रुपमा रहेको छ ।