झुवानीमा टोल स्तरिय फुटबल प्रतियोगिता आजदेखी सुरु

रत्ननगर
रत्ननगर ५ झुवानीमा टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता सुभारम्भ भएको छ।
श्री झुवानी युवा क्लबको आयोजनामा सो प्रतियोगिताको आयोजना गरिएको हो। वडा नम्बर ५ भित्र रहेका १२ वटा टोलहरुको विचमा नकआउट प्रतियोगिताकि रुपमा खेलको आयोजना गरिएको झुवानी युवा क्लबका अध्यक्ष एवम कार्यक्रमका सभापति कुलदीप अधिकारीले जानकारी दिनुभएको छ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंले आफ्नो वडा भित्र रहेका टोलवासी दाजुभाइहरुलाई मनोरञ्जन प्रदान गरि भाईचाराको भावना स्थापित गर्न र कुशल खेलाडीको पहिचान गर्न यो प्रतियोगिताको आयोजना गरिएको बताउनु भएको छ।

क्ल्बका उपाध्यक्ष बलराम सापकोटाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समाजसेवी हरि अधिकारी र बलराम खनालले आयोजक टिमलाई खेल सामाग्री र जर्सी हस्तान्तरण गर्नुभएको थियो।

झुवानी माध्यामिक विधालयको खेल मैदानमा आज सम्पन्न पहिलो खेलमा मगर टोल सुधार समिती र रिङ्गरोड टोल सुधार समिति बिचको निर्धारित समयको खेल २-२ गोलको बरावर भएपछी ट्राईबेकरमा प्रवेश गरेको थियो र ट्राईबेकरमा समेत बराबरी भएको छ र सो खेल भोलि बिहान हुने क्लबका सचिव बिकास गुरुङले बताउनु भएको छ। यस्तै आजै सम्पन्न दोस्रो खेलमा पुरानो सदरमुकाम टोल बिकास समिती लाई २ का बिरुद्द १ गोलले पराजित गर्दै बङ्गला टोल बिकास समिती अर्को चरणमा प्रवेश गरेको गुरुङ्गले जानकारी दिनु भएको छ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.