शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवा मुग्लिनमा बिस्तार गरेको छ। दुरदराजमा बैंकिङ्ग सेवा बिस्तार गर्ने उद्देश्यको साथमा चितवनको पाहाडी क्षेत्र इच्छाकामनाको मुटु मुग्लिन बजारबाट सेवा प्रारम्भ गर्न लागिएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको टाँडी साखा प्रमुख जुलि भट्टले जानकारी दिनु भएको छ।

यहि मङ्सिर २६ गते इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङ्गले ३४ औ साखाको उद्घाटन गर्ने जानकारी दिदै उहाँले भोलि नै शिव शिखर बहुउद्देश्यीय सहकारी द्वारा संचालित गार्डेनमार्ट डिपार्टमेन्ट स्टोरको २१ औं साखाको रुपमा मुग्लिनबाटै सेवा प्रदान गर्न लागिएको बताउनु भएको छ।

देशै भर सेवा प्रदान गर्ने उद्देश्यको साथमा संचालित उक्त सहकारीले चाडैं नै ३२ औं साखाको रुपमा बर्दघाटबाट र ३६ औं साखाको रुपमा पालुङबाट सेवा प्रदान गर्न गैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर