शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको ३४औं शाखा मुग्लिनबाट संचालनमा

मुग्लिन । चितवनको इच्छकामना गाउँपालिका ५ मुग्लिन बजारमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको ३४ औं शाखा र सोही सहकारीद्वारा संचालित गार्डेनमार्ट डिपार्टमेन्टको २१ औं शाखा संचालनमा आएको छ । भक्तपुरमा मुख्य कार्यालय रहेको संस्थाको मुग्लिन बजारमा स्थापना भएको शाखाको आज शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले समुद्घाटन गरेसँगै संचालनमा आएको हो।

संस्थाका क्षेत्रीय प्रबन्धक युवराज थापाको सभापतित्वमा सम्पन्न समुद्घाटन समारोहमा संस्थाद्वारा संचालित गार्डेनमार्ट डिपार्टमेन्ट प्रमुख कार्यकारी अधिकत जोयस भट्टराई विशिष्ट अतिथि रहेका थिए भने अतिथिहरुमा वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपाल वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, चितवन क्षेत्र नं. २ ‘ख’ प्रदेश सभा सदस्यका एमाले उम्मेद्वार कृष्ण प्रसाद सिलवाल रहेका थिए।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी र मार्ट संचालनमा आएसँगै गाउँपालिका भित्र आर्थिक गतिविधि बढ्नुका साथै स्थानीय युवाहरुलाई रोजगार बनाउन सहयोग पुग्ने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए।

यस्तै समुद्घाटनको अवसरमा सहकारीमा खाता खोल्ने सदस्यहरुलाई विशेष सुविधा दिइएको साथै मार्टमा कारोबार गर्ने सदस्य एवं ग्राहकहरुलाई पनि विभिन्न छुट र उपहारहरु दिइएको संस्थाका क्षेत्रीय प्रबन्धक युवराज थापाले बताए।

शुभारम्भको अवसरमा मार्टमा कार्तिक २४ गते देखि २८ गतेसम्म सामान खरिद गर्ने ग्राहक र सदस्यहरुलाई २ देखि ३५ प्रतिशतसम्म छुट दिएको मार्टका प्रमुख कार्यकारी अधिकत जोयस भट्टराईले बताए । उनका अनुसार कपडा तथा जुत्ता खरिदमा ३५ प्रतिशत, ब्याग, बेल्ट, पर्स तथा क्याप खरिदमा २५ प्रतिशत, होम तथा किचन एप्लाएन्सेसमा १५ प्रतिशत, खेलौना तथा स्टेशनरी सामानमा १० प्रतिशत र सबैखाले ग्रोसरी र लिक्वाएर सामान खरिदमा २ प्रतिशत छुट दिईएको छ ।

यसैगरी मार्टको एप डाउनलोड गरि सामान खरिद गरिएमा रिवार्ड प्वाइन्ट दिइने र सो प्वाईन्टलाई गिफ्ट भौचरमा परिणत गरि ग्राहकले पुनः सामान खरिद गर्न सक्ने पनि उनले बताए। ग्राहक वा सदस्यले मार्टको एप डाउनलोड गरेमा पनि रु १०० को बोनस भौचर समेत पाउनेछ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.