चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।
फ्रेन्ड्स अफ भरतपुर अस्पतालको संयोजक समेत रहनुभएका पौडेलले उक्त संस्थामा रहेर भरतपुर अस्पतालको विकासमा योगदान दिंदै आउँनुभएको थियो । भरतपुर अस्पतालको अध्यक्ष हुँदा डा.भोजराज अधिकारी राजीनामा दिएर चुनाव लड्न गएपछि उक्त पद रिक्त थियो । डा.अधिकारी मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट चुनाव लड्दै पराजित हुनुभएको थियो ।