युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिकलाई रत्ननगरमा सम्मान

भारतीय सेनाबाट सेवानिवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा ४० जनाको डाँका समूहसँग प्रतिकारगरी एउटी युवतीलाई बलात्कार हुनबाट जोगाउने भारतीय सेनाका भूपू सैनिक पोखरा–६ लेखनाथका विष्णुप्रसाद श्रेष्ठलाई रत्ननगर नगरपालिकाले हिजो बुधबार सम्मान गरेको छ ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले श्रेष्ठलाई सम्मान गर्दै वीर गोर्खालीको इतिहास रच्न सफल भएकोमा बधाई तथा सुखद् भविष्यको कामना गर्नुभयो । सोही अवसरमा श्रेष्ठका श्रीमती सीता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भूपू सैनिक कल्याणकारी क्लब रत्ननगरले पनि भूपू सुवेदार श्रेष्ठलाई सम्मान गरेको थियो । क्लबका अमृत मल्लले संकटको समयमा श्रेष्ठले देखाएको बहादुरी इतिहासको पानामा रहिरहने बताउनुभयो ।

सम्मानित व्यक्तित्व श्रेष्ठले आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ– ‘जब म भारतीय सैनिकबाट अवकास लिएर सन् २०१० सेप्टेम्बर २ मा घर फर्किँदै थिएँ । रातिको १२ बजे रेलमा लुटपाट मच्चियो । एउटी एमबिबिएस पढिरहेकी युवतीले ‘भैया मुझे बचाओ’ भनेर अनुनय विनय गरिन् । मानवीय भावनाले मेरो हृदय भरिएर आयो । मेरो आँखाले एउटी अबला नारी लुटिएको टुलुटुलु हेर्न सकेन । मेरो शरीरमा रगत उम्लियो अनि कम्मरको खुकुरी निकालेर तीन जनालाई छप्काएँ । छ जना गम्भीर घाइते भएर ढले । आधाघन्टाको भिडन्तपछि रेल जंगलमा रोकिएको थियो । डाँकुहरुलाई भगाउन सफल भएपछि तिनै युवतीले मिडियाहरुमा अन्तर्वार्ता दिइन् । अनि घर फर्किन लागेको मेरो आठ वर्ष सेवा अवधि थप भयो । सेनाबाट मेडल र राष्ट्रपतिबाट उत्तम जीवन रक्षक सम्मान पाएँ ।’

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.