पूर्वी चितवनको रत्ननगरमा कुखुरा फार्मको विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । धादिङ घरभई रत्ननगर नगरपालिका–१४ मा दाईको घरमा बस्दै आउनुभएका करिब ३१ वर्षीय विश्व परियारको करेन्ट लागेर मृत्यु भएको हो ।
रत्ननगर–३ स्थित बेल्सीपुल नजिकै हिमशिखर पोल्ट्री फर्मको कुखुरा नभएको खाली खोरमा बुधबार राती करेन्ट लागेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । फर्म सञ्चालकले भने बिहीबार बिहान मात्रै परियारलाई मृत अवस्थामा फेला पारेका थिए ।
कुखुरा नभएको खोरमा विजुलीका तार छरपष्ट रहेकाले त्यही तारको तामा निकालेर बेच्न मृतक त्यहाँ पुगेको देखिएको बताइएको छ । भ¥याङमा चढेर तार तान्दा करेन्ट लागेको हुन सक्ने प्रहरीले जनाएको छ । मृतकको हातमा तार रहेको बताइएको छ । मृतकको शव आफन्तले बुझेर अन्त्येष्टि पनि गरिसकेका छन् ।
रत्ननगरमा विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु