भरतपुरमा बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप लगाइँदै

भरतपुर महानगरपालिकामा पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप लगाइदैछ ।
महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । उक्त खोप अभियान आज शुक्रवार र पर्सि २४ गते आईतबार गरी दुई दिनसम्म चल्नेछ । उक्त उमेरसमुहका बालबालिकालाई महानगरको सबै वडाका स्वास्थ्य संस्थाहरुबाट खोप लगाइने महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.