मावि तहको शिक्षकका लागि छसय ८६ पदमा विज्ञापन खुल्ला

शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन खुला गरेको छ ।
आयोगले चालू शैक्षिक सत्रका लागि छ सय ८६ पदमा खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको हो । जसमा नेपाली विषयको लागि एकसय ११ रिक्त पदमा, अंग्रेजी विषयको लागि ८४ रिक्त पदमा, गणित विषयको लागि दुईसय आठ रिक्त पदमा, विज्ञान विषयको लागि एकसय ९१ रिक्त पदमा, सामाजिक अध्ययन विषयको लागि ५४ पदमा, अर्थशास्त्र विषयको लागि आठ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ पदमा आयोगले विज्ञापन खुलाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन खुलाएको छ भने संस्कृत व्याकरणको लागि तीन वटा पदमा संस्कृत भाषाको लागि सात पदमा विज्ञापन खुलाएको हो ।
इच्छुक उम्मेदवारले आउँदो माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन दुई गतेसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन फारम भर्न सक्ने आयोगले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.