ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा प्रहरीले कम्तीमा पनि एक हजार दुईसय जनालाई पक्राउ गरेको जनाएको छ ।
ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि हिजो सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए ।
उनीहरुले संसद् भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए भने ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा राति नै करिब तीनसय जनालाई पक्राउ गरेको थियो ।
त्यसलगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो । त्यहाँको राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि उहाँको विरोधमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले सो विरोध गरेको जनाइएको छ ।
उनीहरुले राष्ट्रपतीय निर्वाचनको विरोध गर्नुका साथै राजधानी सहरमा रहेको सर्वाेच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए । त्यसपछि ब्राजीलका प्रधानन्यायाधीशले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश पनि दिएका थिए ।
यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानुनअनुसार कारबाही हुने जानकारी दिनुभएको छ ।
ब्राजिलमा भएको दंगामा सहभागी एक हजार दुइसय जना पक्राउ