यातायात कार्यालयका शाखा अधिकृतविरुद्ध एक करोड रुपैयाँको भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड छ लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल अहिले राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत हुनुहुन्छ । शाखा अधिकृतस्तरका कर्मचारी पोखरेल २०४६ सालमा सरकारी सेवा प्रवेश गर्नुभएको हो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.