सरुवा भएर गृहमन्त्रालय जान लाग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङलाई जिल्लाका माछा व्यवसायीले बिदाई गरेका छन्। हिजो सोमबार सिडिओकै कार्यकक्षमा पुगेर माछा व्यवसायीले बिदाई गर्नुका साथै आगामी कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदीले चितवन मत्स्य ब्यवसायी संघले थालेको अवैज्ञानिक र अस्वस्थ्य विदेशी माछा नियन्त्रण तथा अनुगमन सम्बन्धमा ऐतिहासिक सहयोग एवम् आन्दोलनमा एक्येबद्दताको लागि सिडिओ तामाङलाई धन्यावद दिनुभयो । सुवेदीले सिडिओ तामाङलाई सफल कार्यकालको शुभकामना समेत दिनुभयो ।
माछा व्यवसायीसँग विगतमा भएका सबै तिक्तता विर्सन आग्रह गर्दै ऐन कानुन निर्माणमा र त्यसको कार्यान्वयनमा सदैव सकारात्मक रहेको बताउनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य लालबहादुर तामाङ, सुदर्शन दवाडी, जिल्ला सचिव लुला तामाङ लगायतको सहभागीता रहेको थियो ।
सिडिओ तामाङलाई चितवनका माछा व्यवसायीद्धारा विदाई