आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान(आईओएम) का आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टेल सुधार समूहको संयुक्त आन्दोलनमा आईओएम प्रशासनले प्रहरी प्रशासनको बलमा हस्तक्षेप गरेपछि झडप भएको विद्यार्थीले जनाएका छन् ।
डिन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रशासनले तोडेपछि दुई पक्षबीच झडप भएको अभियानका केन्द्रीय संयोजक मनिष भट्टराईले बताउनुभएको छ । यसअघि पनि प्रशासनले विद्यार्थीहरूलाई धम्क्याउँदै आएको उहाँको भनाई छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले विभिन्न माग राखेर अनशनलगायतका आन्दोलन गर्दै आएको थियो ।
आन्दोलनरत विद्यार्थीहरुको कलेज प्रशासन, होस्टेल समिति र छात्रावास विद्यार्थीहरूको बीचमा रहेको तिक्तता तत्काल समाधान हुनुपर्ने माग छ । त्यस्तै तत्काल क्याम्पसमा अध्ययनरत सबै गरिब तथा जेहेन्दार विद्यार्थीलाई दीर्घकालीन रूपमा छात्रावासको व्यवस्था हुनुपर्ने पनि उनीहरूको माग छ ।
आज मंगलबार प्रशासनले प्रहरी बल प्रयोग गरेर हस्तक्षेप गरेपछि झडप भएको हो । करिब जना विद्यार्थीलाई गिरफ्तार गरी छाडिएको बताइएको छ । झडपमा केही विद्यार्थी सामान्य घाइते समेत भएका छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.