माडीमा ध्रुवे हात्तीले भत्कायो दुई घर

माडीमा ध्रुवे हात्तीको आतंक जारी छ । गएराती माडी नगरपालिका–१ पाण्डवनगरमा ध्रुवेले दुईवटा घर भत्काएको छ । मंगलबार राती करीब ११ बजे पाण्डवनगरको गाउँमा प्रवेश गरी ध्रुवेले स्थानीय नेत्र बहादुर परियारको भान्सा घर पूर्णरूपमा र भुवन विश्वकर्माको घरको छानो भत्काएको हो ।
हात्ती आएको थाहा पाएलगत्तै घरभित्र रहेका स्थानीय भागेर बाँचेको पाण्डवनगर टोल विकास समितिका अध्यक्ष कृष्ण बहादुर पोखरेलले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जको छेउमै रहेको सो गाउँमा जंगली जनावरले जनधनको क्षति गर्दै आएका छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.