माडीका निर्माणाधीन अधूरा योजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

माडीको समग्र विकासका विभिन्न योजनाहरुसहित एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग भेट गरेको छ ।
माडीका पूर्वनगरप्रमुख एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालको नेतृत्व र माडीका नगर उपप्रमुख खेमप्रसाद महतोलगायतको टोली काठमाडौं पुगेको प्रतिनिधि मण्डलले नगरका निर्माणाधीन र अधूरा योजनाहरुको कार्यान्वयन तथा रीउ करिडोर निर्माणका लागि प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले रीउ करिडोरलाई रातो किताबमै राखेर अगाडि बढाउने विश्वास दिलाउनु भएको थियो । त्यस क्रममा निकुञ्जभित्रको सडकलगायत माडीका अन्य महत्वपूर्ण योजनाहरुबारे समेत छलफल भएको बताइएको छ ।
प्रतिनिधि मण्डलमा नेकपा (माओवादी केन्द्र)का माडी नगर अध्यक्ष प्रभुप्रसाद महतो, सचिव नेत्र काफ्ले, सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनाथ आले, आरआरएनका परियोजना संयोजक रविन्द्रसिंह ठकुरीलगायतको सहभागिता रहेको माडी नगर विपद् व्यवस्थापन स्रोत व्यक्ति गोविन्द न्यौपानेले जानकारी दिनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.