भरतपुरको फोहोर व्यवस्थापनबारे मन्त्री पाण्डेको ध्यानाकर्षण

भरतपुर महानगरपालिकामा फोहोर व्यवस्थापनको विषयलाई लिएर ‘सेभ नारायणी’का अभियान्ताले शहरी विकास मन्त्री विक्रम पाण्डेको ध्यानाकर्षण गराएका छन् । मन्त्री पाण्डे चितवन आएको मौका पारि उहाँकै निवासमा पुगेर अभियान्ताले ध्यानाकर्षणसहितको पत्र दिएका हुन् ।
सर्वाेच्च अदालतको आदेशपछि पनि नारायणी नदी किनारमा गाडिएको फोहोर ननिकालिएको पत्रमा उल्लेख गरिएको छ । साथै भरतपुरमा सुरक्षित र आधुनिक ल्यान्डफिल साइट निर्माणको लागि आवश्यक पहल गरिदिन उनीहरुले मन्त्री पाण्डेलाई आग्रह गरेका छन् ।

मन्त्री पाण्डेले यस अभियानलाई निरन्तरता दिन र महानगरपालिकालाई दीर्घकालीन फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल साइट निर्माण गर्न जिम्मेवार नागरिक र जागरुक युवाहरुले आवश्यक दबाब दिइरहन सुझाव दिनु भएको छ । त्यस्तै, मन्त्री पाण्डेले फोहोर व्यवस्थापनको लागि मन्त्रालयको तर्फबाट महानगरपालिकासंग आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.