कुमराेज। जंगली हात्तीको आक्रमणबाट खैरहनीको कुमराेजमा ३ जना घाइते भएका छन् ।
खैरहनी १३ सिम्रेनिबाट सौराहा काम गर्न जाने क्रममा आइतबार बिहान ७ बजे जंगली हात्ती गोबिन्दले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट खैरहनी १३ सिम्रेनीका तारा आले मगर, निसा चौधरी र राधा चौधरी घाइते भएका कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए ।
घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । जंगलको सिमाना जोडिएको खैरहनी १३ हर्नरीमा रहेको ओम रिजालको इलाफेन्ट केयर नेपाल नजिक जंगली हात्तीले उनीहरुलाइ आक्रमण गरेको हो। बिगत तीन दिन देखि सो हात्तीले स्थानिय को बाली नास गरि घरमा राखेको अन्न समेत खादै आईरहेको थियो।
निकुञ्ज प्रसासनले खासै चासो नदिदा आफुहरुको ज्यान जोखिममा परेको स्थानीयले बताएका छन। खैरहनी १२ र १३ मा जङ्गली हात्तिले लामो समय देखि आतंक फैलाउंदै आएको छ ।