सिरहामा ब्राउन सुगरसहित नौ जना पक्राउ

सिरहामा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित नौ जनालाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका २ मझौराबाट ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित नौ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय झाँझपट्टीको टोलीले ओमप्रकाश यादवको घरमा छापा मारेर उनै घरधनी यादवसहित सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरीलाई पक्राउ गरेको हो ।
त्यसैगरी लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन एक थान, मोबाइल आठ थान, मोटरसाइकल चार थान र नगद चारहजार आठसय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.