राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । आज मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिनुभएको हो ।
सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको बालुवाटार स्रोतले जनाएको छ । तर, यता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) ले भने तत्कालै गृहमन्त्रालय दिने मनस्थितिमा नभएको बुझिएको छ । लामछानेले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने प्रम दाहालले बताउनुभएको थियो ।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी