भारतबाट बढेर आयो इन्धनको मूल्य, निगम फेरि घाटामा जाने स्रोतको दाबी

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर पठाएको आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मुल्य बढेर आएको छ । हिजो मंगलबार निगमलाई आएको नयाँमुल्य सूची अनुसार पेट्रोल प्रतिलिटर आठ रुपैयाँ एक पैसा, डिजेल सात रुपैयाँ ९८ पैसा, मट्टितेल चार रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन सात रुपैयाँ ८० पैसा बढेर आएको हो ।
भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । विगत चार महिनासम्म नाफामा रहँदै आएको निगम भारतबाट इन्धनको मूल्य बढेर आएपछि भने अबको १५ दिनमा नौ करोड ४१ लाख रुपैयाँ घाटमा जाने स्रोतको दाबी छ ।
विगतमा परेको घाटाका कारण निगमले सरकारबाट सात अर्ब ऋण लिएको छ । त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.