राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज बिहीबार बिहान केन्द्रीय संसदीय कार्यसमितिको बैठकमा त्यसबारे छलफल गर्नुभएको हो ।
उक्त बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ भने त्यसका लागि राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समन्वय र परामर्श गर्न सभापति देउवालाई जिम्मेवारी दिएको छ ।
बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा कांग्रेसकातर्फबाट उम्मेदवारी दिने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले उम्मेदवारी दिन्छौं, त्यसैको तयारीबारे छलफल भयो । साथै राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समेत छलफल गरेर सकेसम्म कांग्रेसको उम्मेदवारलाई विजयी गराऔं भन्ने हाम्रो प्रयास हुन्छ,’।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालको गतवर्ष फागुन २१ मा कार्यकाल सकिएपछि त्यसयता उपाध्यक्षको निर्वाचन भएको छैन । राष्ट्रिय सभाले आउँदो माघ २३ गते उपाध्यक्षको निर्वाचन गर्ने कार्यतालिका तोकेको छ । त्यसका लागि यहि माघ २२ गते उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि माघ २२ गते उम्मेदवार दर्ता गर्ने र २३ गते निर्वाचन हुने कार्यक्रम छ ।दलहरूबीच सहमतिको वातावरण भए राष्ट्रियसभाको उपाध्यक्ष सर्वसम्मतरुपमा समेत चयन हुन सक्ने बताइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.