नेपाल सुपर लिग भलिबल आउँदो चैतमा हुने

फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल सुपर लिग आगामी चैतको अन्तिम साता हुने भएको छ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच २०७८ भदौं २२ मा १० वर्षका लागि भएको सम्झौतामा नेपाल सुपर लिग महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको थियो ।
त्यतिबेला सम्झौतापत्रमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेता कार्की चौधरी र नेपाल भलिबल संघकी तत्कालिन उपाध्यक्ष निरोज मास्केले हस्ताक्षर गर्नुभएको थियो । तर अहिलेसम्म प्रतियोगिताको पहिलो संस्करण हुन सकेको छैन ।
लिगमा सात महिला र सात पुरुष टिमले प्रतिस्पर्धा गर्ने जनाइएको थियो । नेपाल भलिबल संघले गत २०७९ कात्तिकमा सार्वजनिक गरेको बार्षिक क्यालेन्डरमा नेपाल सुपर लिग फागुनमा गर्ने भनिएपनि उक्त प्रतियोगिता फागुनमा गर्न सम्भव नभएको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका सिईओ सुदीप शर्माले जानकारी दिनुभयो । चैतभित्र नै प्रतियोगिता गर्ने तयारीमा रहेकाले नेपाल भलिबल संघसँग छलफल गरेर चाडै मिति घोषणा गर्ने उहााको भनाई छ ।
नेपाल सुपर लिगले आिज बहीबार सामाजिक सञ्जालमा एक तस्बिर राखेर चाडै प्रतियोगिता हुने भन्दै फ्रेन्चाइज टिम लिनका लागि आह्वान गरेको छ । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले उक्त प्रतियोगिता चैतमा नै गर्ने भनेर नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता गरिसकेकाले अब छलफल गरेर चाडै मिति घोषणा गर्ने बताउनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.