काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बिट बनाइएको भन्दै महानगरले प्रहरी विटमा डोजर चलाएको हो ।
सडक मिचेर बनाएका टहरा हटाउने क्रममा प्रहरी बिट पनि हटाइएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जाकारी दिनुभयो ।

उहाँका अनुसार मापदण्डविपरीत बनेका टहरा हटाउने क्रम जारी छ । उहाँले प्रहरीकै सहकार्यमा बिट हटाइएको जनाएका छन् । तर त्यहाँ रहेको प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन । बिटमा रहेका प्रहरीका सामान हटाएर डोजर चलाइएको थियो ।