नेपाल रेडक्रस सोसाइटीद्धारा ३० वटा एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले विभिन्न जिल्लास्थित रेडक्रसका निकायलाई ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोगमा प्रदान गरेको हो ।
आज मंगलबार काठमाडौंमा स्थानीय आवश्यकता पहिचान गरी ‘ख’ वर्गका एम्वुलेन्स खरिद गरी ३० जिल्ला स्थित रेडक्रसका निकायहरु मार्फत सञ्चालन गर्ने गरी सम्वन्धित जिल्लाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन्नाथ चापागाईले उक्त एम्वुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै, १५ जिल्ला शाखाहरुमा हाल उपलव्ध भएका एम्बुलेन्सको स्तरीकरण गर्ने काम पनि सम्पन्न भएको रेडक्रसले जनाएको छ । एम्वुलेन्स हस्तान्तरण गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव चापागाईले अन्य जिल्लाहरुमा पनि अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोगमा एम्वुलेन्स प्रदान गर्ने योजना रहेको बताउनुभयो ।
हस्तान्तरण गरिएका एम्बुलेन्सहरुलाई प्रादेशिक स्तरमा स्थापना गरिएका प्रेसण केन्द्रमा आबद्ध गरी एकसय दुई नम्बरमार्फत सञ्चालन गरिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.