कालिका नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घरमै गएर उपचार गर्दै

कालिका नगरपालिकामा असि वर्ष माथिका जेष्ठ नागरिक र रातो कार्ड पाएका जेष्ठ नागरिकहरुको घर– घरमा गई स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम सुरु गरिएको छ ।
कालिका नगर उप प्रमुख बिमल तामाङ्गबाट कालिका चार पिपरिया टोलमा कार्यक्रम गरि स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम शुभारम्भ गरिएको हो ।
कालिका नगरपालिकाको एक देखि एघार ओटा वडा अन्तरगत सवै स्वास्थ्य संस्थाहरुले एकै पटक जेष्ट नागरिक र रातो कार्ड पाएका व्यक्तिहरुको घर– घरमा गई स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम सुरु गरेको छ । कालिका नगरपालिकाले अशि बर्ष पुग्नुभएका जेष्ठ नागरिकहरुलाई बिमा अभिकर्ताहरु मार्फत निःशुल्क बिमा गरि कालिका नगर अस्पताल बाट तिन सय पचास थरि औसधि बिमा मार्फत निःशुल्क दिएर उदाहरणीय काम सुरु गरेको कालिका नगर प्रशासकिय अधिकृत केशब प्रसाद उपाध्यायले बताउनुभएको छ ।
कालिकाको सबै वडामा गरि छसय ४२ जना जेष्ठ नागरिक र ६० जना रातो कार्ड पाएका व्यक्तिहरुको घर–घरमा गई स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम तथा निःशुल्क बिमा गर्न कालिका नगरपालिका बाट २०७९÷ ८०कार्यबिधीबाट बजेट विनियोजित भइ कार्यक्रम सञ्चालन भएको कालिका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भट्टराईले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद बिशिस्ट अतिथी, डास् स्वरिनल शर्मा ,बाबूराम शर्मा ,घनश्याम बास्तोला अतिथि , जनप्रतिनिधिहरु, टोल सुधार अध्यक्षहरु ,
जेष्ठ नागरिक धर्मदत्त दाहालको घरबाट निःशुल्क स्वास्थ परिक्षण सुरु भएको थियो । कालिका नगरपालिका वडा न ४ को वडा अध्यक्ष मकर मान श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.