लुम्बिनीकी पूर्वमन्त्री खत्रीद्धारा माओवादी केन्द्र परित्याग

लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र परित्याग गर्नुभएको छ । उहाँले यहि माघ २४ गते माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनसमक्ष राजीनामा बुझाउनुभएको हो । खत्रीले लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो गर्नुभएको छ । दाङ ३ (ख) बाट निर्वाचित एमाले प्रदेशसभा सदस्य तथा खत्रीका श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उहाँ उपनिर्वाचनमा प्रदेशसभा सदस्यको टिकट पाएर विजयी हुनुभएको थियो । पछि सरकार निर्माणका क्रममा उहाँले माओवादी केन्द्रलाई साथ दिएर शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न भूमिका खेल्नुभएको थियो ।

पछि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि उहाँ स्वास्थ्य राज्यमन्त्री बन्नुभएको थियो । राज्यमन्त्री नै हुँदा तुलसीपुरस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उहाँकी श्रीमती र बालबालिकामाथि हातपात गरेको आरोप लागेको थियो । त्यसपछि उहाँलाई पार्टीले राज्यमन्त्रीबाट राजीनामा दिन लगाएको थियो । उहाँले राजीनामा पत्रमा सापटी लिएको पैसा फिर्ता माग्न जाँदा पार्टीले मन्त्रीबाट राजीनामा दिन लगाएको गुनासो गर्नुभएको छ ।
श्रीमानको भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दासमेत पार्टीले सामान्यीकरण गरी भूमिकाविहीन बनाएको उहाँले बुझाएको राजीनामापत्रमा उल्लेख गरिएको छ । लामो समयसम्म पनि पार्टीले बेवास्ता गरेको र कुनै पनि जिम्मेवारी नदिएका कारण साधारण सदस्यबाटसमेत राजीनामा दिएको उहाँको भनाई छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.