दैलेखमा विवाह भएको दुई महिनामै एक पुरुषले गरे श्रीमतीको हत्या

दैलेखमा विवाह भएको दुई महिनामै एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने कृष्णबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गए राति घरायसी विवादमा कृष्णबहादुरले ढोका अड्याउन लगाइने काठको गरालोले दाहिने कञ्चटमा प्रहार गरेर श्रीमतीको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।
कृष्णबहादुर र पार्वतीबीच गत मङ्सिर २६ गते मागी विवाह भएको थियो । मृतक पार्वतीको माइती घर गुराँस गाउँपालिका–६ मा हो । कृष्णबहादुर बोल्न नसक्ने अनि कान नसुन्ने र पार्वती सुस्त मनस्थितिको भएको कारण के कुराले विवाद सिर्जना भयो भन्ने थाहा नभइसकेको बताइएको छ । दैलेख जिल्ला अस्पतालमा शव पोस्टमार्टम गर्दा मृतकको मुखमा घाँस कोचिएको र दाँतसमेत खसेको अस्पतालले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.