विजेता खेलाडीलाई गवै मावी द्वारा सम्मान

खैरहनी १३ गवैमा विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ।
खैरहनी १३ गवैमा रहेको माध्यमिक विधालय गवैले रास्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका विजेता र सहभागी खेलाडीहरुलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको हो। केही समय अगाडि सम्पन्न भएको उक्त प्रतियोगितामा सहभागी २५ जना खेलाडी र २ जना प्रशिक्षक लाई सम्मान गरिएको विधालयका प्राचार्य ऋषि प्रसाद खनालले जानकारी दिनु भएको छ।

उक्त प्रतियोगितामा माध्यमिक विधालय गवै १५ स्वर्ण पदक सहित खैरहनी नगर भरिमा प्रथम हुन सफल भएको थियो। विधालय ब्यवस्थापन समितिका अध्यक्ष सुधिर कुमार ढकालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा खैरहनी १३ का वडा अध्यक्ष कुल प्रसाद भुसाल प्रमुख अतिथी रहनु भएको थियो।

कार्यक्रममा वडा सदस्य जीवन कार्की, नारायणदेवि परियार, कुमरोज मध्यवर्ती सामुदायिक वनका सचिव श्याम प्रसाद बराकोटी, विधालय ब्यवस्थापन समितिका सदस्यहरु सीता खत्री, अनिता पाण्डे, समर बहाडुर जि. सी. , लक्ष्मी पराजुली, सहायक प्राचार्य केदार सिवाकोटी लगायत विधालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.