खुला विश्वविद्यालयको तीनवटा डीन पदमा आवेदन खुल्यो

नेपाल खुला विश्वविद्यालयको डिन सिफारिस गर्न गठित समितिले तीन वटा संकायको डिन पदमा आवेदन माग गरेको छ ।
डेढ वर्षदेखि रिक्त सामाजिक शास्त्र तथा शिक्षा संकाय, व्यवस्थापन तथा कानुन संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको डिन पदमा सिफारिस समितिले आवेदन माग गरेको हो ।
कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि सिफारिस गर्न गत साता समिति गठन गरेको थियो । सिफारिस समितिले आवेदन दिन सम्बन्धित संकायसँग सम्बद्ध कुनै विषयमा विद्यावारिधि गरेको, विश्वविद्यालय तथा उच्च शिक्षाका क्षेत्रमा कम्तीमा १० वर्ष पूर्णकालीन प्रध्यापन गरेको, प्राध्यापक वा सह–प्राध्यापक पदमा बहाल रहेको हुनुपर्ने मुख्य मापदण्ड तोकेको छ ।

त्यसैगरी संकायलाई प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व गर्न सक्ने कार्यक्षमता पुष्टि गर्ने आधारसहितको अभिलेख, खुला शिक्षा, दूर सिकाइ तथा अनलाइन सिकाइ प्रणालीमा प्राध्यापन तथा व्यवस्थापन गरेको अनुभव पनि डिनका लागि चाहिनेछ ।
त्यस्तै खुला विश्वविद्यालय व्यवस्थापन बुझेको आधारसहितको विवरण, आवेदन दिएको संकायको डिन पदमा नियुक्त भएमा ५४ वर्षे कार्यकालमा गर्ने प्राज्ञिक र वित्तीय व्यवस्थापन एवं संस्थागत विकासको योजना दुई हजार पाँचसय देखि तीनहजार शब्दसम्ममा लेखेर पनि पेश गर्नुपर्नेछ ।
सिफारिस समितिका अनुसार तोकिएको मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारले एक हप्ताभित्रमा आवेदन दिन सक्नेछन् । समितिले निर्धारण गरेको कार्यविधि अनुसार धेरै अंक ल्याउने उम्मेदवारको योग्यता क्रम अनुसार सिफारिस गर्ने जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.