प्रधानमन्त्री प्रचण्ड आउँदो शुक्रवार कतार जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन अब आउँदो शुक्रवार कतार जानु हुने भएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड कतार जान लाग्नुभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । कतारमा प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ ।
नेपाली दूतावास र त्यहाँ रहेको नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनु हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्र मन्त्रालयका अधिकारी उक्त सम्मेलनमा सहभागी हुनुहुनेछ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.