जिल्ला प्रशासन कार्यालय चितवनले राहदानीको अग्रिम अनलाईन आवेदन आज दिउँसो १२ बजेदेखि खुलेको छ । प्रशासन कार्यालयले यसअघि एक महिनाको लागि तीन हजारको संख्यामा अनलाईन फारमको आवेदन खोलेको थियो ।
उक्त आवेदन सकिएपछि पुनः अग्रिम आवेदन खोल्न लागिएको हो । कार्यालयले अब भने १० दिनको लागि करिब एक हजारको संख्यामा अग्रिम आवेदन फारम खोल्न लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालय खुल्ने दिन प्रति दिन एकसय २० जनालाई सेवा दिनेगरी अग्रिम अनलाइन आवेदन खुलाइने बताइएको छ ।
चितवनमा आजदेखि राहदानीको अग्रिम अनलाइन आवेदन खुल्यो