चितवनमा नर्सिङ पढ्ने युवतीको शव भेटियो, सँगै बस्ने तीन जना पक्राउ

भरतपुर महानगरपालिका १० स्थित कामाना चोकमा एक युवतीको शव फेला परेको छ । आसाम घर भई भरतपुर बस्दै आउनुभएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिनुभएको हो । उहाँ कामाना चोकमा डेरागरी बसेर मैयाँदेवी कन्या कलेजमा नर्सिङ पढ्दै आउनुभएको थियो ।
आफू बस्दै आएको घरमा झुण्डिनुभएकी सुनिताको शव आज बिहान ११ बजे साथीहरुले पासो काटेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो बुधबार राति फ्ल्याटमा दुई जना युवती र दुई युवक सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा भएको प्रहरीले जनाएको छ ।
घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । हाल मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.