नारायणी पुलमा ‘स्मार्ट’ बत्ती जडान, सफ्टवेयरबाटै बत्ती बाल्न र निभाउन सकिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ । गत जेठमा आएको हावाहुरीले पुलमाथिका विजुलीका पोल भाँचिएका थिए । नेपाल विद्युत प्राधिकरणले नारायणी पुलमा जडान गरेको स्मार्ट सडक बत्तीको हिजो बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो ।
उहाँले कम्प्युटरमार्फत स्वीच अन गरेर सडक बत्ती उद्घाटन गर्नुभएको हो । यी सडक बत्ती सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिने प्राधिकरणले जनाएको छ ।
करिब पाँचसय मिटर लामो पुलमा ११ वटा स्मार्ट बत्ती जडान भएको नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट सडक बत्ती जडानको काम भएको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयोे । नारायणी पुलमा केन्द्रबाट स्मार्ट बत्ती राख्ने काम भएको हो । अहिले इन्स्टलेशन फेज छ । पछि हस्तान्तरण भएपछि भरतपुरबाटै सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिने पौडेलको भनाई छ । भरतपुर महानगरपालिकाको ‘उज्यालो भरतपुर’ कार्यक्रम अन्तर्गत विद्युत प्राधिकरणले भरतपुरका विभिन्न सडकमा ‘स्मार्ट लाईट’ जडान गर्ने काम गरिरहेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.