एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली युवा टिमको बिदाइ

एएफसीयू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।
प्यालेस्टाइनमा हुने छनोटका लागि आज आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच नेपाली टिमको बिदाइ गरिएको हो । नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।
नेपालले यहि फागनु २४ मा घरेलु टिम प्यालेस्टाइनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । त्यस्तै, फागनु २६ नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ । र, फागनु २८ मा नेपालले पहिलो चरण छनोटको अन्तिममा यूएईविरुद्ध खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ ।
छनोटका लागि नेपाली टिमको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसक्नुभएको छ । घोषणा भएका उक्त नेपाली टिममा गोलकिपरतर्फ कविता विक, सावित्री किसन, लिला जोशी रहनुभएको छ । त्यस्तै, रक्षकतर्फ सविना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ हुनुहुन्छ भने मिडफिल्डरतर्फ तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही रहनुभएको छ । त्यस्तै फरवार्ड तर्फ गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दीपा भोलन हुनुहुन्छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.