आज राति १२ बजेदेखि राष्ट्रपति चुनावका लागि प्रचारप्रसार गर्न नपाइने

यहि फागनु २५ गते बिहिवार हुने राष्ट्रपति चुनावका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ ।
राष्ट्रपति चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज राति १२ बजेदेखि मतदान हुने दिन मतदान केन्द्र बन्द नभएसम्मका प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यो अवधिमा चुनावको प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित÷हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न–गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ । चुनावका दिन बिहीवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी हुन समेत मतदातालाई आयोगले आग्रह गरेको छ ।

आयोगले आउँदो बिहीवार हुने राष्ट्रपति र आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि चुनावी कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । चुनाव लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले गएको १७ गते चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.