क्यान्सर पिडितलाई न्यौपानेको सहयोग

खैरहनीमा क्यान्सर पीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। खैरहनी नगरपालिका १३ सिम्रेनी निवासी गणेश तमाङ्गलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।

वरिष्ठ समाजसेवी राममणी न्यौपानेले आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका तामाङ्गलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो। समयमै उपचार नपाएर तमाङ्गको आमाको पनि क्यान्सर बाटै निधन भएको थाहा पाएपछी उपचारको अभावमा कसैको ज्यान जानू दुखद भएको भन्दै आफुले सकेको सहयोग गरेको न्यौपानेले बताउनुभएको छ।

सहयोग रकम हस्तान्तरणमा बोल्दै न्यौपानेले तामाङ्गको उपचारको लागि आगामी दिनमा आफुले थप सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्दै अन्य ब्यत्तित्वहरुलाई पनि सहयोग गर्न आग्रह गर्नु भएको छ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.