रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आज शनिबार स्तनपान सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको वडा नं १ मा सामाजिक रुपान्तरण अभियान नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।
गर्भवती महिलाहरुलाई स्तनपानको महत्व र आवश्यकताको विषयमा बुझाउन कार्यक्रम आयोजना गरिएको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै वडा नं १ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुलप्रसाद सापकोटाले स्तनपान आमा र बच्चा दुबैको लागि आवश्यक रहेको भन्दै यसबारे सचेतना आवश्यक रहेको बताउनुभयो । शारिरीक बनौट विग्रने डरले कतिपय महिलाहरुले बच्चालाई दुध नचुसाउने गरेको भन्दै उहाँले त्यसले आमा र बच्चा दुवैैलाई असर गर्ने बताउनुभयो ।
कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी सिनियर नर्स प्रेचना थपलियाले स्तनपानको महत्व र आवश्यकताको विषयमा सहजीकरण गर्नुभएको थियो । संस्थाकी अध्यक्ष रिता काप्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गिरिराज लम्सालले मन्तव्य राख्नुभएको थियो । संस्थाकी उपाध्यक्ष संगिता उप्रेतीले संस्था स्थापना पछि पहिलो कार्यक्रमको रुपमा स्तनपान सम्बन्धी सचेतना कार्यक्रम गरिएको बताउनुभयो । सचेतनापछि गर्भवती महिलालाई पौष्ट्रिक आहार वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
रत्ननगरमा गर्भवती महिलालाई स्तनपान सम्बन्धी सचेतना