चितवनको चुम्लिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमलिङटारमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चुम्लिङटारबाट धादिङ हुगग्दीखोलातर्फ जाँदै गरेको बा ५६ प २९८३ नं. को मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोकिन पुग्दा धादिङ बेनिघाट रोराङ–३ बस्ने २४ वर्षीय अन्जन सिलवाल गम्भीर घाइते हुनुभएको थियो । घाइते सिलवालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मुत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.