पार्किङ भाडा महँगो भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकले विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा ८० रुपैयाँ पुर्याइएको उनीहरूको गुनासो छ । आज दिउँसो सेवा रोकेर शान्तिपूर्वक आन्दोलन थालेको ट्याक्सी व्यवसायीले बताएका छन् ।
व्यवसायीले शुल्क घटाई पार्किङका लागि सहज वातावरण बनाउनुपर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले चेतावनीसमेत दिएका छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.