प्रहरीले नेतालाई कुटेको भन्दै राजविराजमा जसपाका कार्यकर्ताको प्रदर्शन

जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताले राजविराजमा प्रर्दशन गरेका छन् । उनीहरुले जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको आरोपमा प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय जानुभएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यादवमाथि कुटपिटको घटनाबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा हुनुहुन्थ्यो । सोही क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उहाँको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गर्नुभएको थियो ।
थापामगरलाई प्रहरीको नियन्त्रणमा लिएको जनाइएको छ । अध्यक्ष यादवले भने आफूलाई थापामगरले पहिले अपशब्द प्रयोग गरेको र पछि हातपात गरेको आरोप लगाउनुभएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.