चितवनको रत्ननगरमा मर्निङवाकमा निस्केका पुरुषको ज्यान गयो

पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ । आज बिहान पौने छ बजे मर्निङ वाक गर्ने क्रममा देवौलीको बाटोमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतोको मृत्यु भएको हो ।
रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक महतोको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ । महतोलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । बेलायतमा बस्दै आउनुभएका उहाँ चैते दशैँमा नेपाल आआउनुभएको थियो प्रहरीका अनुसार उहाँमा दिर्घरोग केहि थिएन ।
शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.