कोरोना संक्रमणबाट एकैदिन दुई जनाको ज्यान गयो

कोरोना संक्रमणबाट एकै दिन थप दुई जनाको मृत्यु भएको छ ।
आज मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जनाएको छ ।
यस्तै आज मंगलबार एकसय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुईहजार दुईसय ९१ नमुनामध्ये नौसय ८० जनाको पीआर परीक्षण गर्दा एकसय पाँच र एक हजार तीनसय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी एकसय ७१ जनामा संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या नौसय ९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा आठ जना र भन्टिलेटरमा चारजना उपचाररत छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.