रास्वपाका सांसद लामिछानेका चालक दिलबहादुर थापाको अवस्था अझै चिन्ताजनक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ । गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई हिजो मंगलबार एयरलिफ्ट गरी काठमाडौं लगिएको थियो । अहिले उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
टाउकोमा गम्भीर प्रकृतिको चोट र छातीमा संक्रमण भएकाले अवस्था चिन्ताजनक रहेको मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाले जानकारी दिनुभयो । थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उपचारमा आइसियूको पुरै टिम खटिएको उहाँको भनाई छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.